मैले मृत्युको स्वाद लिएको छु ।

मैले मृत्युको स्वाद लिएको छु ।

त्यो दर्दनाक घटना, त्यो कष्टप्रद घडी म कसरी बिर्सिन सकूँ ? म कसरी भूल्न सक्छु? कुनै क्षण यस्ता हुन्छन् जुन भुल्न नचाहेर नि भुलिन्छ र कुनै यस्ता हुन्छन् जुन भुल्न चाहेर नि सकिँदैन ।
     घटना २०७० सालको शिवरात्रीको दिनको हो । उक्त दिन हाम्रो मामाघरमा लखबत्ती बाल्ने पुण्यतिथि रहेको थियो । मन्दिरमा बत्ती बाल्नाले आ-आफ्नो दुख, कष्ट, भोगाइ सब टर्ने आस्था रहेको छ । यही आस्था लिएर मामा, माइज्यू, ममी, दिदी, भाइ बहिनी सबैजना ब्रत बसेर पूजा गरिरहेका थिए । हामी ब्रत नबसेका भानिज र अरू दाइहरू भने शिवको प्रसादको तयारी मै तल्लीन थियौं । अरू दिनमा चुरोट, गाँजा केही नखाए नि यो दिनमा शिवको प्रसाद भनी स्वाद लिने र मात्तिने चलन मामाघरमा मात्र हैन पुरै नेपालमा रहेको छ । साथै यस दिनमा लागु पदार्थ लिए नि कसैले गाली नगर्ने रित छ ।
     रातको समय थियो । कहिल्यै चुरोट नतानेको मान्छे म त्यो दिनमा भने खै के जोसले हो सिँगै गाँजा भरिएको चुरोट तान्न तम्सिएँ र ताने पनि । मैले मात्र हैन, चुरोट नतान्ने सायद कोही नि थिएनन् त्यहाँ । यसै बीच मन्दिरमा नाचगान चलिरहँदा साइडमा घोट्टा पनि पाक्दै थियो । पोहोर, परार खाएको घोट्टाले खासै असर गरेको थिएन, तर यो पालि अलि बेग्लै र डरलाग्दो अनुभव भयो । स्वादमा अत्यन्तै गुलियो भएकाले मैले थपेर नखाएको हैन । तर कसलाइ के थाह त्यो घोट्टामा मिसाएको गाँजा A-class रहेछ ।
     एकछिन नाचगानमै रम्छु भन्ने मनस्थितिमा रहेको म अचानक काँप्न पो थाँले । भित्र गएर सुते ठीक होला नि भनेर सुत्न हिँडेको म सुतेको २ मिनेटमै मेरो वरिपरि बसेका मान्छे, भित्ता सबै फनफनी घुम्न थाले । त्यति रिँगटा लाग्दासम्म त केही थिएन, अचानक मेरो भित्री अँग, मुटु, छाती सबै फनफनी घुम्न थाले ।  मलाइ अत्यन्तै पीडा भयो । त्यसपछि म बेहोसी अवस्थामा थिए सायद ।
भोलिपल्ट आँखा खोल्दा भक्तपुर अस्पतालको इमर्जेन्सी बेडमा पो पाएँ ।  म सपनामा छु वा विपनामा वा जिउँदो वा मरिसकेँ केही नि थाह थिएन । बस ढलिरहेँ । मलाइ अस्पतालबाट घर ल्याइएछ तर केही नि याद छैन । घरमा अर्ध चेत अवस्थामा थिँए । तँ कसरी मरिस् भनी देखाइएको  Replay झैँ पो लाग्थ्यो । समय हेरेँ । घडीमा सेकेण्ड सुइ हल्लिएको देखेसी भने जिउँदो रहेछु भन्ने आस जागेको थियो । तर कतै यमलोककै घडी पो हो कि जस्तो पो लाग्थ्यो । अझै शंका लागेर आफुले आफैलाई चिमटेर पनि हेरेँ । धन्न दुख्यो । अब बाँच्न त बाँचे तर मनसपटल नै बिग्रिने वा पागल झैँ हुने हो कि भन्ने ठूलो चिन्ता लागेको थियो । दिमागले कामै गरेको थिएन । 'जब तक हे जान' भन्ने फिलिम हेरेको र त्यस फिल्ममा हिरोको स्मरणशक्ति १० वर्ष पहिले पुगेको कथाले नि मलाइ सार्है तर्साएको थियो । झट्ट समय र गते हेरेँ । शिवरात्रीको भोलिपल्ट दिउँसो ३ बजेको रहेछ । अब सम्झिन थाँले विस्तार कसरी म मामाघरमा सुतेको मान्छे घरको बेडमा आइपुगे …….



मुत्युको स्वाद

अहिले पूर्ण होसमा आएसी भने केही क्षणहरू याद आएको छ । म कौसीमा पुग्दा अर्ध बेहोस अवस्थामा थिएँ । ममाथि पानी खनाँए । तैनि मेरो त्यो दर्दनाक पीडा कम भएन, रिंगटा नि त्यस्तै रह्यो । कोही (सायद यमराज) मलाइ अँठ्याउन आइसकेका थिए । अर्ध बेहोसी अवस्थामा कोही मेरो जिब्रो तान्दै थिए । मुखबाट हात छिराएर भित्री अँग सबै लुछाचुँडी गर्दै थिए । अत्यन्तै पीडा भएको थियो । त्यतिबेलासम्म सबैजना जम्मा भइसकेका थिए । सबै मेरो नाम लिएर रुँदै थिए । उनीहरूको रोदनले मलाइ झन् कमजोर बनाउँदै थियो । यस्तो लाग्दै थियो कि म मृत्युसँग लडाँइ खेल्दै छु । सबै रूँदै गरेको आवाजले म बाँचेको छु वा पुन बाँच्ने छु जस्तो लागेको थिएन । त्यो पीडामा मैले मेरो ड्याडी ममीलाइ सार्है सम्झेको थिँए । उहाँहरूलाइ Sorry भनेको नि याद छ । भन्दै थेः  "ड्याड मम सरी, तपाँइको छोरोको अन्तय यहीँ हुन पुग्यो । तपाँइहरूको ममाथि रहेको सपना मैले पुरा गर्न सकिन । भाइलाइ कहिल्यै यस्तो लागुपदार्थ खान नदिनु ।" यति भन्न नपाइ कोही आएर मलाइ बोकेर लग्दै थिए । बेहोसीमा यति नै याद छ । म कसरी बाँचे नि याद छैन ।

    

      घोट्टाले सबैलाइ लागेको रहेछ । दाइहरू कोही हाँसिरहने, मामाहरू टोलाइरहने भएका थिए । एकजना भाइ त मलाइ देखेर बेहोस नै भएछ । मलाइ एम्बुलेन्समा राखेर अस्पताल ल्याइएको रहेछ ।
 एउटा कुरा चाँहि के प्रस्ट भयो भने यस्ता मादक पदार्थले धेरै नै कष्ट दिने रहेछ । अब म जिन्दगीमा यी पदार्थहरू कहिल्यै सेवन गर्ने छैन र तपाँइ नि नगर्नुहोस् । आफुले आफैलाई भड्कालोमा राख्ने काम किन गर्नुहुन्छ/गराउनुहुन्छ ?
     यति लेखेर बसेको अवस्थामा नि मलाइ अत्यन्त डर लाग्छ कतै घरमा मेरो माला झुन्ड्याइएको तस्विर पो देख्ने हो कि मैले …………………


Comments

  1. oi tikaju timlai vako ho yo sachikai? ho vane o god mero euta milne sathi feri firta payechu yar. its sounds really terrifying.

    ReplyDelete
  2. हो नि निमेष। काल्पनिक ठानेऊ र?? आज ठीक एक हप्ता भयो यो घटना घटेको। र एकदम डर लाग्छ सम्झिदा।।

    ReplyDelete

Post a Comment

Popular Posts