विश्वकपमा नेपाल



उ हेर आयो विश्वकप क्रिकेट चैत २ गतेदेखि ।
राम्रै नतिजा निकाल्नेमा आशावादी छौं हामी क्रिकेटप्रेमी । ।

नेपालको पहिलो विश्वकप यात्राको सुरुवात ।
हुँदैछ नेपाल र हंगकंगको चैत २ गतेको खेलबाट ।।

कम नआँक गोर्खालीलाइ, हानौला रन, झारौला विकेट ।
प्यारो छ हामीलाइ नेपाल, नेपाली टिम र नेपाली क्रिकेट ।।

नडराउ पारस, चौका हान, छक्का हान हरेक बल ।
विकेट लिन पनि छन् हाम्रै जितेन्द्र, अभिनाश र सोमपाल ।।

छन् माहिर बसन्त स्पीन हान्न छन्, शक्ति उस्तै ।
पारसको बलमा रन हान्ने हिम्मत कसको, हुन्छ इनिंग धोस्तै ।।

नडराऊ, नडगमगाउ जब सम्म हुन्छन् क्रिजमा शरद भेष्वाकर ।
अन्तिम ओभरमा हान्नेछन छक्कै छक्का गर्नेछन उद्दार ।।

नेपाल र नेपालीलाइ विश्वसामु चिनाउने आएको छ ठुलो मौका ।
सबै खेल राम्रै खेलौला, जितौंला हानि छक्का र चौका ।।

राम्रो खेली जितौला ट्रफी, प्रतियोगिताको लागि शुभकामना ।
यही छ हामी क्रिकेटप्रेमी नेपालीहरुको हृदयदेखिको मनोकामना ।।

Comments

Popular Posts