महिला हिंसाको छाँयामा रहेको महिला दिवस
महिला
हिंसाको छाँयामा रहेको महिला
दिवस
'मार्च
८'
विश्वभर
अन्तर्राष्ट्रिय महिला दिवसका
रूपमा मनाइने गरिन्छ । "समानता
महिलाका लागि,
प्रगति
सबैका लागि" भन्ने
नाराका साथ विश्वभर यस दिवस
मनाइदै छ भने नेपालमा "महिला
नेतृत्वका लागि हौँ जम्मा,
घरदेखि
संविधानसभासम्म" भन्ने
नाराका साथ यस १०४ औं अन्तर्राष्ट्रिय
दिवस मनाइँदै छ । यस मार्च ८
को इतिहासलाइ एकपटक सरसर्ती
केलाउः
इतिहासः
नारी
संघर्ष र आन्दोलन पहिलोपटक
संयुक्त राज्य अमेरिकाबाट
सुरू भएको पाइन्छ । सन् १९०९
फेब्रुअरी २८ मा अमेरिकी
समाजबादी पार्टीले पहिलो
महिला दिवस मनाएका थिए। सन्
१९१० मा महिलाको मतदान अधिकार
सुनिश्चित गर्न र लागू गर्न
१७ देशका महिलाहरूको सहभागितामा
एकसाथ कोपनहेगनको सोसलिष्ट
इन्टरनेशनलको बैठक बसेको
थियो । उक्त बैठकले मार्च ८
का दिन अन्तर्राष्ट्रिय महिला
दिवस मनाउन संयुक्त राष्ट्र
संघमा प्रस्ताव गरेको थियो
र सो प्रस्ताव पारित पनि भएको
थियो । उक्त प्रस्ताव पारित
भएबमोजिम सन् १९११ मा पहिलोपटक
अस्ट्रिया,
डेनमार्क,
जर्मनी
र स्वीटजरल्याण्डमा दश लाखभन्दा
बढी महिलाको जुलुस निकालिएर
महिला दिवस मनाइएको थियो ।
त्यसयता वर्षेनी यस दिवस
उल्लासपूर्ण रूपले मनाइने
गरेको छ ।
नेपालमा
महिला दिवसको औचित्य:
महिलाहरू
भन्नाले आमा,
दिदी
बहिनी,
श्रीमती
आदि नाताहरू बुझिन्छ । हाम्रो
समाज पुरुषप्रधान भएको यथार्थ
नकार्न सकिन्न । नेपाली समाज
विशेषतः दुर्गम र गाउँहरूमा
पुरूषहरूको हालीमुहाली चल्ने
गरेको छ । पुरूषहरूद्वारा
महिलाहरू शारीरिक र मानसिक
दबाबमा पारिएका छन् । जानेर
वा नजानेर नेपालमा हरेक १०
महिलामा १ महिला हिंसा/
दमनको
सिकार हुनेगरेको तथ्यांक एक
अध्ययनले देखाएको छ । यस
तथ्यांकले पनि नेपालमा
महिलाहरूमाथि हुने गरेको
हिंसा छताछुल्ल पारिदिएको
छ ।
महिलाहरूलाइ
'अवला'
भन्ने
विशेष शब्दको प्रयोग हाम्रो
समाजमा गरिन्छ । यस शब्दको
अर्थ कमजोर हुन्छ । महिला अवला
होइनन्,
उनीहरूलाइ
अवला पारिएको हो । महिलालाइ
चुलोचौका,
पानीपँधेरो,
घाँस
दाउरामा मात्र सीमित राख्ने
काम यो समाजले सिकाएको हो ,
न
कि कुनै धर्मले वा कुनै भगवान
वा कुनै वेदले । सामाजिक
रीतितिथि तथा संस्कार महिलाका
लागि अभिसाप सावित भएको छ ।
महिलामैत्री संस्कार यहाँका
समाजको नियम जानकारहरूद्वारा
तयार पारिएका पृष्ठहरूमा
पाँइदैन ।
समाजका
हरेक क्षेत्र चाहे त्यो राजनीति,
पेशा,
विकास
निर्माण,
शिक्षा
वा यातायात वा स्वयम् घरमै
किन नहोस् महिलाले दमन खेप्नुपरेको
छ । महिला दमन समाजका शिक्षित
वर्गबाटै घटिरहेको छ ।
महिला
दमन/हिंसाका
केही उदाहरणः
महिला
हिंसाका उदाहरण खोज्न कुनै
किताब पल्टाइरहन जरूरी छैन
। यहाँ हरेक पाइला पाइलामा
महिला हिंसा पाइन्छन् । तपाँइको
घरमा छोरी मान्छेले नै सायद
तपाँइकै आमा,
दिदी
बहिनी वा श्रीमती माथि हिंसा
घटिरहेको हुन सक्छ । चाहे
प्राकृतिक रजस्वाला हुँदा
किन नहोस् वा चाहे सामान्य
खाना पकाउँदा वा चाहे पढाइमा
यहाँ महिलालाइ दमन गरिन्छ ।
छोरा
मान्छेलाइ भन्दा छोरीलाइ
शिक्षामा कम प्राथमिकता दिने,
घरायसी
कामकाजमा छोरीलाइ दलाउने ,
रजस्वाला
हुँदा चुलोमा पस्न नदिने यी
सबै महिला हिंसाको दुरूष्ट
उदाहरणहरू हुन् । समाज नै
यस्तै छ । त्यही समाजमा रहनसहन
गर्ने कुनै परिवार यसबाट मुक्त
रहन पनि गार्है छ । यस समाजलाइ
मिहिनेती छोरीभन्दा कुलाँगार
छोरो नै मनपर्छ । मिहिनेती
छोरीलाइ प्रश्न उठाउन सक्ने
यो समाज कुलांगार छोरोमाथि
भने जस्तै कुकार्यमा पनि
प्रश्न उठाउने हिम्मत गर्दैन
। कारणः उही छोरोको हेरचाहमा
बस्नु छ बुढेसकालमा । छोरी
भनेको जात त अरूको घरमा पठाउने
नासोका रूपमा बुझेको छ यो
समाजले ।
आज
२१ औं शताब्दीसम्म आइपुगेका
हामी अझै पनि छोराछोरी माथि
भेदभाव गर्छौं । घरमा नव-सन्तानको
जन्म हुँदा कमैले मात्र छोरीको
अपेक्षा गरेका हुन्छन् ।
भिडियो एक्स रे मार्फत बच्चाको
लिंग थाह पाउने र छोरी भएको
खण्डमा नवजात शिशुको गर्भमै
हत्या गर्ने 'भ्रुणहत्या'
सम्मका
उदाहरण पाइन्छन् यहाँ । त्यो
विचरा बच्चाको के दोष ?
संसार
देख्न् नपाइ उसले मृत्युको
शिकार हुनुपरेको छ । छोरीको
जन्मपश्चात उसले यस समाजमा
अनेक कुरीति अन्धविश्वास
विरूद्ध लडेर जीउन बाध्य
पारिदिएको छ यो समाजले । छोरीको
लागि यो समाज भयरहित बन्न
सकेको छैन ।
महिलाले
दैनिक सास्ती र यौन दुर्व्यवहार
भोग्नुपरेको सावर्जनिक गाडीमा
हो । सार्वजनिक गाडी महिलाको
लागि "नखाउँ
त दिनभरीको सिकार,
खाँउ
त कान्छा बाउको अनुहार"
जस्तै
भएको छ । सार्वजनिक गाडीबाट
दिनहुँ आवतजावत गर्ने महिलाहरू
विभिन्न यौनजन्य दुर्व्यवहारबाट
ग्रसित हुनुपरेको छ । उनीहरूको
हात समाउन खोज्ने,
इसारा
गर्ने र संवेदनशील अंग छुन
खोज्ने सम्मको हर्कत बाट मुक्त
छैनन महिलाहरू । सार्वजनिक
गाडीमा महिलाको लागि सिट
आरक्षण गरिएको भए पनि त्यस्ता
सिटमा पुरूषहरू छाती फुलाएर
साइडमा उभिएकी महिलालाइ वास्तै
नगरी बसेका हुन्छन् । यस्ता
हिंसाबाट महिलाले कहिले न्याय
पाउने ?
आफ्नो संवेदनशील
अंग हुनुकै नाताले पीडित
बन्नुपरेको छ यहाँ महिलाले
। दिवा समयमा नै यस्ता घटनाहरूले
प्रश्रय पाएका छन् भने रात्री
समयमा त महिलाको लागि कर्फुयु
नै लगाएको छ यो समाजले ।
सामाजिक
क्षेत्रभन्दा पर राजनीतिक,
राष्ट्रिय
स्तरमा नि दमन गरिएको छ महिलामाथि
। अहिलेसम्म महिला प्रधानमन्त्री
बन्न नसक्नु पनि हाम्रो लागि
ठूलो बिडम्बना हो । ३३% अधिकारको
लागि जतिसुकै चर्को आवाज
घन्काए पनि यस यथार्थमा लागू
हुन भने सकेको छैन । अरू त अरू
देशको मूल कानुन बनाउने
संविधानसभामा समेत ३३% महिलाको
प्रतिनिधित्व हुन सकेको छैन
। दोस्रो संविधानसभामा महिलाको
प्रतिनिधित्व २९% (२६
मनोनित बाहेक)
रहेका
छन्। देशको मूल राजनीतिक
पार्टीहरूमा नै महिला नेतृको
संख्या औंलामा गन्न सकिने
अवस्थामा मात्र रहेका छन् ।
अब
यहाँबाट कहाँ त ?
महिलाहरूको
अघिकार संरक्षण गर्न तथा महिला
दिवस मनाउन विभिन्न संगठन,
निकायहरू
नखोलिएका हैनन् । उनीहरू
राजनीतिक/आर्थिक
लोभबाट टाढा रहन सकेका भए सायद
उनीहरूले आफ्नो उद्देश्य
पूर्ति गर्न पनि सक्ने थिए ।
ती संगठनहरूले सुगम क्षेत्रमा
मात्र नभइ दुर्गम क्षेत्रमा
पनि आफ्नो कार्यक्षेत्र
विस्तार गर्नसक्नुपर्छ ।
काठमाण्डौका चिल्ला सडकमा
महिला दिवस र अधिकारका बारेमा
नारा घन्काउने महिला अधिकारकर्मीहरू
अछामको महिला हिंसाबारे
अनविज्ञ छन् भन्दा अचम्म नमाने
हुन्छ । महिला हिंसाको छानविन
गर्न महिला आयोगको गठन भएपनि
उक्त आयोगले संवैधानिक आयोगको
मान्यता भने पाउन सकेको छैन
। चुनावमा भोट तान्न कै लागि
महिला अधिकारको मुद्दालाइ
आफ्नो भाषणको खुराक रूपमा
प्रयोग गर्ने नेताहरूको नाम
यहाँ सायदै नअट्ला । महिलालाइ
घरमा थुनेर साँचो जनैमा
झुन्ड्याएर मञ्चमा महिला
अधिकारका बारे चर्को भाषण
छाँट्ने नेताहरू नि हाम्रै
देशमा रहेका छन् ।
तसर्थ
महिला दिवसको सही उपयोग र
महिला अधिकारको रक्षा गर्न
अब कोही एकजना दुइजना हैन,
पुरै
समाज गाउँ,
सहर
देश नै लागिपर्नु जरूरी छ ।
आउनुस सबै पुरूष र महिला मिलेर
भनूमः
"समानता
महिलाको लागि
प्रगति
सबैको लागि । "
Comments
Post a Comment