स्वावलम्बन


जन्म त तिमीलाइ आमाबुबाले दिने मात्र हो, जीउन आँफै सक्नु पर्छ ।
जिन्दगीको स्वाद उहाँहरूले चखाइदिने मात्र हो, पीउन आँफै सक्नु पर्छ । ।

बाटो त तिमीलाइ देखाइदिने मात्र हो, हिँड्न आँफै जान्नु पर्छ ।
फल त तिमीलाइ देखाइदिने मात्र हो, टिप्न आँफै जान्नु पर्छ । ।

माछा मार्न सिकाइदिने मात्र अरूले हो, जाल हान्न आँफै जान्नु पर्छ ।
डेग थेग्न सिकाइदिने मात्र अरूले हो, चाल चाल्न आँफै जान्नु पर्छ । ।


अक्षर चिनाइदिने त अरूले हो, ज्ञान आँफै लिन सक्नु पर्छ ।
समाजमा उभ्याइदिने त अरूले हो, मान आँफै कमाउन सक्नु पर्छ । ।


घाउमा मलम लगाइदिने त अरूले हो, चोट आँफै खप्न सक्नु पर्छ ।
काम गर्न लगाइदिने त अरुले हो, नोट आँफै कमाउन सक्नु पर्छ । ।

सुख दु:ख त सबै तिम्रै वरिपरि छन्, चिन्न आँफै जान्न पर्छ ।
राम्रा नराम्रा मान्छे त तिम्रै वरिपरि छन्, छान्न आँफै जान्न पर्छ । ।

सुझाव त अरूले दिने मात्र हो, समाधान आँफै गर्न पर्छ ।
सम्झाइ बुझाइ दिने त अरूले हो, बाधा-व्यवधान पार आँफै गर्न पर्छ ।।

फूलबारीमा त फूल फूल्ने मात्र हो, रस चुम्न मौरी नै सक्षम हुन पर्छ ।
मौरीले महको चाका पार्दिने मात्र हो, काढ्न आँफै नै सक्षम हुन पर्छ । ।

यस्तै छ संसार यहाँ जन्म पाइने मात्र हो, मर्न आँफै पर्छ ।
मृत्यु त प्राकृतिक हो, कालजयी हुन असल काम आँफै गर्नु पर्छ । ।




Comments

  1. धेरै राम्रो प्रयास छ, तर अलि कता कता नमिलेको भान हुन्छा सरसर्ती पाडदा,कीप राइटिंग.

    ReplyDelete
    Replies
    1. धन्यवाद प्रतिकृयाको लागि । सुधार गर्दै जानेछु

      Delete
  2. Yesma tmle Sabai kura Remix Gardew ..Mind nagara Bich ko Sequence nai Milena....Anyway Tmro mukhle Sunayew Bhane Sunna Ramailo Hunchha

    ReplyDelete
    Replies
    1. हाहा । था छ तर मिलाउनै अाएन ।:)

      Delete
    2. मन पर्यो
      मलाई नि केहि भन्न मन लाग्यो
      हात अरुले समाईदिने हो
      हिड्न आफै जान्नुपर्छ

      छोरि अरुले पाईदिने हो
      हात समाएर आफूले घुमाउन जान्नुपर्छ

      कुरा काटने अरु नै छन्
      सहन तिम्ले जान्नेपर्छ ;-)

      Delete

Post a Comment

Popular Posts