भ्यालेन्टाइन सप्ताह: एक चरम पराकाष्ठा
पश्चिमा संस्कृतिले अहिले नेपाली संस्कृतिलाइ यसरी छोपेको छ कि नेपाली संस्कृति इतिहासको पानामा सिमित हुन पुग्दैछ । अब आउने पुस्तालाइ नेपाली भनेर चिनाउने या त modified नेपाली या व्रिटिश/ अमेरिकन ती सबै हाम्रै हातमा रहेको छ । पाश्चात्य संस्कृति दिन दुइगुणा, रात चौगुणा भएर नेपाल भित्रिँदै छ । पाश्चात्य संस्कृतिको एक चरम नमुना चाँहि भ्यालेन्टाइन डे हो ।
भ्यालेन्टाइन डे फेब्रुअरी १४ तारिखका दिन विश्वभरी मनाइने गरेको छ । नेपालमा यो चाड यति चर्चित भइसकेको छ कि यहाँ यस दिवस प्रणय दिवसका नामले कहलिन्छ । प्रेम बन्धनमा बाँधिएका दुइ युवायुवतीको लागि दशैं भन्दा पनि ठूलो चाडको रूपमा देखा परेको छ प्रणय दिवस । तत्कालीन रोमन सम्राट क्याउडियस द्वितीयले युवा यवतीलाई प्रेम गर्न बन्देज लगाएका थिए । यस बन्धनलाइ तोड्ने र युवाहरूलाइ प्रेम गर्न प्रेरित गर्ने काम पादरी ‘सेन्ट भ्यालेन्टाइन’ ले गरेका थिए । सो नियम उल्लंङघन गरेका भ्यालेन्टाइनलाइ फेब्रुअरी १४ तारिख कै दिन मृत्युदण्ड दिइएको थियो । उनै भ्यालेन्टाइनको सम्झनामा फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन दिवस मनाउन थालिएको यथार्थ हो । तर हालसालै यस दिवसलाइ चाँहिदो भन्दा बढी महत्त्व दिएर प्रेम सप्ताह नै मनाउन थालिएको छ । फेब्रुअरी १४ तारिखका दिन अघिको एक साता पुरै प्रेममय बनाउन नानाथरीको दिवस प्रचलनमा आएका छन् ।
Rose day, Propose day, Chocolate day, Teddy day, Promise day, Hug day र Kiss day गरेर ७ दिन एक साता प्रेम सप्ताह नै मनाउन थालिएको छ । विशेषत प्रेमलाइ एक सामान्य स्वार्थ पूर्ति गर्ने माध्यमका रूपमा लिने युवावर्गमा यस खाले प्रेम सप्ताह मनाउने चलन बढ्दो छ । शहरी क्षेत्रमा बसोवास गर्ने युवा/युवतीमा त यस सप्ताह फेशन कै रूपमा लिने चलन रहेको छ । पाश्चात्य संस्कृति मनाइरहँदा एक पाश्चात्य भनाइ भने हामीले भुलिरहेका छौ: empty vessels make the most noise अर्थात जसको प्रेम देखिँदैन, उसैलाइ यस किसिमको सप्ताह मनाउन परेको छ । विवाहिता दम्पत्तिमा पनि त प्रेम हुन्छ नि । उनीहरूलाइ यस्तो दिवस मनाउन छैन, उनीहरूलाइ प्रेम झल्काउन कुनै प्रेमको सप्ताह घन्काइरहनै पर्दैन । यस्ता सप्ताह घन्काउनै छ भने आफ्नै मौलिक संस्कृतिको सप्ताह घन्काउँदा राम्रो हुन्छ । जस्तै कि माघे संक्रान्ति अगाडी तरुल डे,घिउ डे,चाकु डे, सखरखण्ड डे; बाबु/आमाको मुख हेर्ने दिन अगाडि: Respect Day, Obedience Day, Care Day, Surprise Day आदि; ।
यस लेखको तात्पर्य कुनै पनि पाश्चात्य संस्कृति भित्र्याउन हुन्न भन्ने हैन तर संस्कृतिको नाममा विकृतिलाइ चाँहि भित्र्याउन पाइन्न भन्ने हो । फेरि पाश्चात्य संस्कृति भित्र्याउँदै, आफ्नो मौलिक संस्कृतिलाइ चाँहि विर्सदै गर्न पनि त भएन । आजको युवा बुवा वा आमाको मुख हर्ने औंसी गाको अत्तोपत्तो पाउँदैन, तर भ्यालेन्टाइन सप्ताहको नाममा एक हप्ता अगावै प्रेमिका फकाउन, फुल्याउन लागेका हुन्छन् । अझ भ्यालेन्टाइनको नाममा यौनवास्ना पुरा गरेर अर्कै युवा/युवती सित घुम्ने चलन बढ्दो छ । यस्ता विकृतिलाइ रोकेर भ्यालेन्टाइनको मार्मिक अर्थ बुझेर यस दिवस मनाउँदा नै ‘सेन्ट भ्यालेन्टाइन’ को आत्माले न्याय पाउने थियो कि ।
Comments
Post a Comment