राज्यको दाइजो -कानुन
"टिर्, टिर्, टिर्
…..." ।
विहान ५ बजेको अलार्म बजे सँगै
जनकको निद्रा खुल्छ। आज उसलाइ
हिजो अस्ति जस्तो उठ्नमा कुनै
फुर्ति छैन ।अरु बेला भए उसलाइ
उठ्न अलार्म नै चाँहिदैन थ्यो
। बरु अलार्मको भर हुन्न
थियो, उसको
श्रीमती जानकीको त्यति भर
हुन्थ्यो । अलार्मलाइ त अफ
गरेर सुत्न सकिन्छ नि, उनलाइ
अफ गर्न गार्हो मात्र हैन
असम्भव नै थियो । जनकलाइ याद
छ, ५
बजे यता एक मिनेट सुत्दा पनि
जानकीले काउकुती लगाइदिएको; दुइ
मिनेट सुत्दा ब्ल्यांकेट
झिकिदिएको, तीन
मिनेट सुत्दा चड्कन, चार
मिनेट सुत्दा एक मिठो चुम्बन
र पाँच मिनेट सुत्दा एक गाग्री
पानी खनाइदिएको । यो सबै जानकीको
नियम नै थियो जनकको लागि । जनक
पनि चुम्बन पाउन कै लागि भनेर
चार मिनेट सम्म जानेरै नउठ्ने
तर पाँच मिनेट ढिलो कहिले
नउठ्ने । गाग्री को पानी चाँहि
उसले कहिल्यै खानु परेन र अब
त खाँदैन पनि ।
एकदमै सही दिशामा गुडिरहेको थियो जनकको दैनिकी। बिहान श्रीमतीको मिठो चिया बाट श्री-गणेश हुने उसको दिनचर्या बेलुकी श्रीमती कै हातबाट पकाएको खाना खाएर इतिश्री हुन्थ्यो । तर समय सँधै एकनासको नहुने रहेछ । कुनै बेला एकदमै सही दिशामा गुडेको जनकको जिन्दगी आज ठीक १८० डिग्री यु टर्न गरेर उल्टो गुडिरहेको छ। उदित नारायण झा को गीतको बोल 'मलाइ यो जिन्दगीले चोट दियो गनी गनी' उसलाइ ठ्याक्कै मेल हुन पुगेको छ।
पेशाले उ राजधानीको एक सामान्य स्कुलमा अध्यापन गर्छ ।विहान ६ बजे स्कुलमा क्लास लिन जान पर्ने भए पनि उसलाइ कुनै हतार छैन । विहान ठीक ६ बजे देखि बेलुकी ६ बजे सम्म सोही स्कुल मै उसकै दिनचर्या बित्छ। हिजो अस्ति भए समय अगावै स्कुल पुग्ने जनक आज भने ६ बज्न पाँच मिनेट बाँकी हुँदा पनि जाने कुनै सुरसार छैन । आज उसलाइ स्कुल पुग्न हैन, अर्कै कुराको पिरलो छ । फेरि हिजो बेलुका खाएको ३ वटा वियरको ह्यांगले उसलाइ अझै छोडेको छैन । वियर पनि किन नखाअोस्, दुखमा अरु कसैले साथ नदिएको बेला त्यही वियरको बोतल ले नै त साथ दिने रहेछ । उसले त वियरको नाम नै राखिसकेको छ - जानकी ।
जनक
बेलुकी ६ बजे पछि एक छात्राको
घरमा ट्युसन पढाउन जान्थ्यो
। स्कुलमा अध्यापन गरेर उसको
दुइ छाक टार्न त पुग्थ्यो नै
तर आफ्नो जहानको आर्थिक अवस्था
सुधार्नै उसले बेलुकी दिनभरिको
थकानको वास्तै नगरि केही बढी
पैसाको जोहो गर्न सकिन्छ कि
भनेर लाग्थ्यो । ट्युसन पढाएर
लखतरान मुद्रामा घर फर्किन्थ्यो
। एवमं प्रकारले दिन बिताइरहेको
यो जोडीमा अचानक अन्धकार छाउँछ
।
एक रात जनक सँधै झैँ घर फर्किँदा उसको श्रीमती जानकी भने घर हुँदैन । हतोत्साहित जनक जानकी को छरछिमेकतिर सोधिखोजी गर्छ ।कसैबाट पनि केही सुचना पाउन नसकेसी जनक घर फर्किन्छ । एकछिन अोछ्यानतिर पल्टिन खोज्दा उसले तकिया माथि राखेको पत्र देख्छ । जानकीले लेखेर छाडेकी रहिछे पत्र । पत्रको खाका यस्तो थियो, "धेरै जनाको मुखबाट नराम्रो शब्द सुन्न पुगेको छु । खै किन लुकाएर राख्नुभयो ? भन्नुभएको भए पनि केही फरक त पर्ने थिएन नै । म तपाँइलाइ रोक्ने चाँहि थिइन । झन् म चाँहि तपाँइसँगै जिन्दगी बिताउने भनेर घर परिवार सबै छोडेर आएँ । तपाँइ चाँहि बेलुकी बेलुकी यौवनको प्यास मेटाएर आउने ? घर सँधै किन ढिलो आउनुहुन्छ भनेको त यस्तो पो कारण रहेछ । म तपाँइको धोका सहेर बस्न सकिन । आजै बाट म टाढा जाँदैछु ।तपाँइको र तपाँइको घर बाहिरको श्रीमतीको भलो होस् ।"यति पढेर छाँगा बाट खसेझैँ भयो जनक । ट्युसन पढाएको कुरा उसले जानकीलाइ भनेको त थिएन तर कसले उसलाइ नराम्रो कुरा सुनाएर यति राम्रो सम्बन्ध बिगार्न खोजेको रहेछ । उसले श्रीमतीलाइ जति सम्पर्क गर्न खोज्दा पनि सम्पर्क स्थापित हुन सकेन । केही सोधिखोजी लागेन । केही सीप नलागेर श्रीमती हराएको सुचना दिन पुलिस थाना पुगे जनक । त्यहाँ पुग्दा त उसको मुटुले झण्डै विश्राम लिएन । उसलाइ त उल्टै पुलिसले सम्पर्क गर्न उसकै कोठामा पो आउन खोज्दै रहेछ । जनक माथि 'पारपाचुके गरी पाउँ' भनी केस दर्ता भएको रहेछ 'जानकी' को । पारपाचुके मात्र होइन, श्रीमानको जग्गा जमिन र तलब भत्ता पनि आधा लाग्ने गरी हक दाबी रहेछ जानकी को । आफ्नो श्रीमतीले उसलाइ यति सम्मको धोका दिन्छे भनेर उसले कल्पना सम्म गरेको थिएन, आज विपना मै सबै साक्षात भइरहेको छ । जनकलाइ आफ्नो श्रीमतीले धोका दिएकोमा भन्दा पनि आफूले गरिखाने भाँडो लाइ नै हकदाबी गरेकोमा चित्त दुखेको थियो । सुख दुखमा सँगै साथ दिने भनी अग्नि लाइ साक्षी राखेर खाएको कसम सबै श्रीमतीले चिता मै जलाइछे ।
नेपालको कानुनले महिलालाइ अधिकारले यति झकिझकाउ गरिदिएको छ कि कानुन राज्यले महिलालाइ उपलब्ध गराइदिएको दाइजो नै भन्दा पनि फरक पर्दैन । आफ्नो श्रीमानलाइ कुनै पनि बेला पारपाचुके गर्न श्रीमतीलाइ कानुनले रोक्दैन भने श्रीमानको श्रीसम्पतिमा हकदाबी गर्न पनि कुनै बन्देज छैन । जनकले केही पनि बोल्न नपाइँदै जानकीको सामुन्नेमा एक पुरुष उभिन्छ । जानकी कै अगाडि परपुरुष सँग हिँडेको हेर्ने बाहेक जनकसँग कुनै विकल्प रहेन । जनकलाइ तीन दिन पछि चौकीमा हाजिर हुन एक स्लिप मिल्छ ।
एकदमै सही दिशामा गुडिरहेको थियो जनकको दैनिकी। बिहान श्रीमतीको मिठो चिया बाट श्री-गणेश हुने उसको दिनचर्या बेलुकी श्रीमती कै हातबाट पकाएको खाना खाएर इतिश्री हुन्थ्यो । तर समय सँधै एकनासको नहुने रहेछ । कुनै बेला एकदमै सही दिशामा गुडेको जनकको जिन्दगी आज ठीक १८० डिग्री यु टर्न गरेर उल्टो गुडिरहेको छ। उदित नारायण झा को गीतको बोल 'मलाइ यो जिन्दगीले चोट दियो गनी गनी' उसलाइ ठ्याक्कै मेल हुन पुगेको छ।
पेशाले उ राजधानीको एक सामान्य स्कुलमा अध्यापन गर्छ ।विहान ६ बजे स्कुलमा क्लास लिन जान पर्ने भए पनि उसलाइ कुनै हतार छैन । विहान ठीक ६ बजे देखि बेलुकी ६ बजे सम्म सोही स्कुल मै उसकै दिनचर्या बित्छ। हिजो अस्ति भए समय अगावै स्कुल पुग्ने जनक आज भने ६ बज्न पाँच मिनेट बाँकी हुँदा पनि जाने कुनै सुरसार छैन । आज उसलाइ स्कुल पुग्न हैन, अर्कै कुराको पिरलो छ । फेरि हिजो बेलुका खाएको ३ वटा वियरको ह्यांगले उसलाइ अझै छोडेको छैन । वियर पनि किन नखाअोस्, दुखमा अरु कसैले साथ नदिएको बेला त्यही वियरको बोतल ले नै त साथ दिने रहेछ । उसले त वियरको नाम नै राखिसकेको छ - जानकी ।
*****
(हिजो)
एक रात जनक सँधै झैँ घर फर्किँदा उसको श्रीमती जानकी भने घर हुँदैन । हतोत्साहित जनक जानकी को छरछिमेकतिर सोधिखोजी गर्छ ।कसैबाट पनि केही सुचना पाउन नसकेसी जनक घर फर्किन्छ । एकछिन अोछ्यानतिर पल्टिन खोज्दा उसले तकिया माथि राखेको पत्र देख्छ । जानकीले लेखेर छाडेकी रहिछे पत्र । पत्रको खाका यस्तो थियो, "धेरै जनाको मुखबाट नराम्रो शब्द सुन्न पुगेको छु । खै किन लुकाएर राख्नुभयो ? भन्नुभएको भए पनि केही फरक त पर्ने थिएन नै । म तपाँइलाइ रोक्ने चाँहि थिइन । झन् म चाँहि तपाँइसँगै जिन्दगी बिताउने भनेर घर परिवार सबै छोडेर आएँ । तपाँइ चाँहि बेलुकी बेलुकी यौवनको प्यास मेटाएर आउने ? घर सँधै किन ढिलो आउनुहुन्छ भनेको त यस्तो पो कारण रहेछ । म तपाँइको धोका सहेर बस्न सकिन । आजै बाट म टाढा जाँदैछु ।तपाँइको र तपाँइको घर बाहिरको श्रीमतीको भलो होस् ।"यति पढेर छाँगा बाट खसेझैँ भयो जनक । ट्युसन पढाएको कुरा उसले जानकीलाइ भनेको त थिएन तर कसले उसलाइ नराम्रो कुरा सुनाएर यति राम्रो सम्बन्ध बिगार्न खोजेको रहेछ । उसले श्रीमतीलाइ जति सम्पर्क गर्न खोज्दा पनि सम्पर्क स्थापित हुन सकेन । केही सोधिखोजी लागेन । केही सीप नलागेर श्रीमती हराएको सुचना दिन पुलिस थाना पुगे जनक । त्यहाँ पुग्दा त उसको मुटुले झण्डै विश्राम लिएन । उसलाइ त उल्टै पुलिसले सम्पर्क गर्न उसकै कोठामा पो आउन खोज्दै रहेछ । जनक माथि 'पारपाचुके गरी पाउँ' भनी केस दर्ता भएको रहेछ 'जानकी' को । पारपाचुके मात्र होइन, श्रीमानको जग्गा जमिन र तलब भत्ता पनि आधा लाग्ने गरी हक दाबी रहेछ जानकी को । आफ्नो श्रीमतीले उसलाइ यति सम्मको धोका दिन्छे भनेर उसले कल्पना सम्म गरेको थिएन, आज विपना मै सबै साक्षात भइरहेको छ । जनकलाइ आफ्नो श्रीमतीले धोका दिएकोमा भन्दा पनि आफूले गरिखाने भाँडो लाइ नै हकदाबी गरेकोमा चित्त दुखेको थियो । सुख दुखमा सँगै साथ दिने भनी अग्नि लाइ साक्षी राखेर खाएको कसम सबै श्रीमतीले चिता मै जलाइछे ।
नेपालको कानुनले महिलालाइ अधिकारले यति झकिझकाउ गरिदिएको छ कि कानुन राज्यले महिलालाइ उपलब्ध गराइदिएको दाइजो नै भन्दा पनि फरक पर्दैन । आफ्नो श्रीमानलाइ कुनै पनि बेला पारपाचुके गर्न श्रीमतीलाइ कानुनले रोक्दैन भने श्रीमानको श्रीसम्पतिमा हकदाबी गर्न पनि कुनै बन्देज छैन । जनकले केही पनि बोल्न नपाइँदै जानकीको सामुन्नेमा एक पुरुष उभिन्छ । जानकी कै अगाडि परपुरुष सँग हिँडेको हेर्ने बाहेक जनकसँग कुनै विकल्प रहेन । जनकलाइ तीन दिन पछि चौकीमा हाजिर हुन एक स्लिप मिल्छ ।
जनक
चुपचाप बाहिर निस्कन्छ । एक
लामो सुस्केरा हाल्दै आफ्नो
बाँकी रहेको जिन्दगीबारे
सोच्छ । एउटा चिया पसलमा चिया
खान्छ । सोच्छ ,
"पृथ्वी
गोलो छ । घुमिफिरी सबैको पालो
आँउछ । आज उसलाइ उसको श्रीमतीले
रुवाएको छ । भोलि अरु कसैले
उनलाइ रुवाउनेछ ।" जनकलाइ
यति मात्रै थाहा छ । चिया खाएर
बाहिर निस्किँदै गर्दा एक
हुल महिला प्लेकार्ड लिएर
जुलुस आँउदै गरेको देख्छ ।
एउटा प्लेकार्डमा देख्छ,
"महिलालाइ
३३% अधिकार
सुरक्षित गर । महिला हिंसा
बन्द गर । पुरुष र महिला बराबर
।"
(यस कथाको सबै पात्र काल्पनिक हुन्। कसैको जिन्दगीमा मेल हुन गएमा संयोग मात्र हुनेछ । )
Comments
Post a Comment