वामे सर्दै गर्दा
हिजो भर्खरै आमाको काखमा हुर्केर बढेर बामे सर्न जानेको जस्तै लाग्छ, आज हिँडडुल र दौडिन जान्ने भइसकेछु । अहिले त हिँड्न पनि पो पर्दैन, आफ्नै साधनले पो हुँइक्याइदिन्छ । हिजो मात्रै हजुरआमाको हात समाएर, रुँदै कराउँदै स्कुल जान नाँइनास्ती गरेको याद आउँछ, तर समय यति चाँडो घर्किसकेछ कि अब त हात समाएरै स्कुल जान्छु भन्दा पनि नपाउने भएछु । कारण मेरो हजुरआमाले नसकेर हैन है, पढ्दा पढ्दै यति पढिएछ कि अब त मैले पढ्ने विषय नेपाल मै छैन अरे, विदेशै पो पुग्न पर्ने भएछ । हिजो सम्म नउम्रिएको दातँ आज झर्न थालिसकेछ, हिजो सम्म नपलाएको रौँ आज त फुल्न थालिसकेछ ।
हुन
त मान्छेको जुनी मात्रै एक
जुनी हो । त्यो एक जुनीलाइ
वर्षमा परिणत गरेर हेर्ने हो
भने मान्छेको अौषत आयु ७० वर्ष
हुन आउँछ । वर्षको ३६५ दिनको
हिसाबले त २५,५५०
दिन हुन आउँछ । ती दिनहरुमा
हुने घण्टा,
मिनेट
र सेकेण्डको त हिसाब नै नगरुम;
किनभने
म हिसाबमा कमजोर छु । तर यति
थाहा छ मान्छे परिवर्तनशील
छ । उ परिवर्तन हुन एक दिन
चाहिँदैन,
एक
घण्टा चाँहिदैन,
बस्
एक सेकेण्ड भए पुग्छ । वरिष्ठ
कवि गोपाल प्रसाद रिमालले
त्यसै रचेका कविता होइनन् ,
" एक
जुगमा एक दिन एक चोटी आउँछ,
उलटपुलट
उथलपुथल हेरफेर ल्याउँछ ।"
मेरो
हजुरबुवाले यो नातिलाइ १९९०
सालको भूकम्प आउँदा १३ वर्ष
थिएँ भन्नुभए जस्तै अबको ४०
वर्षपछि त म हजुरबुबाले पनि
मेरो नातिलाइ २०७२ सालको
भूकम्प आउँदा म २३ वर्षको थिएँ
भनेर भन्दै हुनेछु होला ।
(नोट:
मेरो
अझै बिहे भने हुन सकेको छैन
है।)
यो
सौभाग्य मलाइ प्राप्त हुनेछ
भनेर आशावादी छु ।
भर्खरै
काली प्रसाद बास्कोटाको
'साँइली'
गीत
पनि आयो । त्यसको एउटा लाइन
'सुन
साँइली परदेश बाट म आउँला,
चालिस
कटेसी रमाउला'
चाँहि
मलाइ अौधी मनपर्यो । भलै यो
गीत साँइली र साँइलाले मात्र
सुन्न पर्छ भन्ने त हैन । म
छोरो जेठो भएपनि यस गीतको
मिठास र सन्देश बाट अछुतो
चाँहि रहन सकिन । कुन चाँहि
साँइला लाइ आफ्नो साँइली बाट
पर हुन मन होला तर भनिन्छ नि
भाग्यमा जे लेखेको छ,
पाइने
त्यही हो । भाग्यमा छ भने डोकोमा
दूध दोएर पनि अडिन्छ भन्छन्
नि ।
समय
निकै गतिशील छ । घडी पसल गएँ,
पसले
दाइलाइ सोधेँ,
‘हैन
दाइ,
मलाइ
यस्तो घडी चाहियो,
जुन
घडीमा १३ बजे सम्म होस्,
दिनको
२५ घण्टा भएको घडी दिनुपर्यो।’
साहुजी दाइ त मलाइ एकनासले
हेरेको हेरेइ गरे । लाग्यो
त्यस्तो घडी छैन होला नि त र
भनेँ,
‘ल
भैगो दाइ,
मलाइ
२४ घण्टा एक मिनेट मात्रै बढी
भाको घडी दिनुपर्यो ।’ यति
भन्न मात्रै के सक्काको थिएँ,
साहुजीले
त मलाइ एक झापड झण्डै दिएनन्
। आफ्नो अफिस सँधै दश बजे सुरु
हुने । एक दिन अफिस हिँड्दा
घडी एक घण्टा ढिला गरी हिँडे
पनि । अफिस पुगेर यसो हेर्छु
आफ्नो घडी ठीक १० बजेको छ,
अफिसको
हेर्छु सुइले त १२ बजे पो
देखाइराछ ।(नोट:
घडी
ठीक हुँदा पनि म पुग्ने चाँहि
११ बजे नै हो )
।
समयलाइ
जसले चिन्यो,
उ
नै बन्यो । समयलाइ चिन्न उसको
ठेगाना त पत्ता लगाउन पर्दैन
तर मौकामा चौका चाँहि हान्न
जान्न पर्ने रहेछ । अझ छक्का
नै हान्न जाने त टार्गेट भेटाउन
धेरै समय नै लाग्दैन । हो म
त्यही छक्का हान्न कोशिस गर्दै
छु । डर लाग्छ,
कतै
छक्का हान्ने दाउमा म बोल्ड
आउट पो हुने हो कि वा अरु कसैले
क्याच आउट पो गरिदिने हो कि
। हो मलाइ डर लागिरहेछ,
तर
आँट नगरी छक्का हान्न सकिने
पनि त हैन । लाइफमा Risk
भन्ने
चीज लिन सिक्नुपर्ने रहेछ । वामे सर्दै गर्दा एउटा Risk
लिन
गइरहेको छु,
मौका
खोज्दै हुने छु छक्का हान्न
र गर्न Game
Finishhh…
Comments
Post a Comment